Logo

जलजला परियारको उपचारका लागि एलिजा गौतमद्धारा आर्थिक सहयोग प्रदान



काठमाण्डौ, १४ फागुन । दुवै मृगौला फेल भएर बिगत १ महिना देखि अस्पतालमा जीवन र मृत्युसंग लडिरहेकी गायिका जलजला परियारलार्इ चलचित्र अनुराग टिमले सहयोग रकम हस्तान्तरण गरेको छ ।

चलचित्र अनुरागाकी नायिका पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम ‘धमला’, चलचित्र निर्देशक सत्यराज चौलागाईं, लालीगुराँस डटकमका संचालक कमल सरगम, चलचित्र अनुरागका नायक समुन्द्र पण्डित, ठिलेन लामा, अनुराग चलचित्रका लाइन प्रोडुसर दिपक गौतम, लालीगुराँस डटकमका प्रधान सम्पादक चक्र साउद आरसी लगाएतका टिम टिचिङ अस्पताल पुगेको थियो ।

२९ हजार ५ रुपयाँ रकम हस्तान्तरण गर्दै नायिका एलिजा गौतमले जलजलालाई स्वास्थ्य लाभको कामना गरेकी हुन् ।लालीगुराँस डटकमको लागि हाम्रो मालिका अनलाइन दोहोरीको तर्फबाट १० हजार त्यस्तै समाजसेवी अजित राईको टिमबाट ६ हजार ३ सय र बाँकी अनुराग र लालीगुराँस टिम कै तर्फबाट बाँकी रकम हस्तान्तरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्