Logo

नेपाल मेडिसिटी र स्ट्याण्डर्ड चार्टड बैंक ‘अभिभावकप्रति समर्पित’ सामाजिक कार्यमा साथ-साथ



काठमाडौं, १४ फागुन । स्ट्याण्डर्ड चार्टड बैंकले आफूसंग लामो समयदेखि आबद्ध प्राथमिकता प्राप्त जेष्ठ नागरिक ग्राहकहरुलाई उच्च सम्मानका साथ नेपाल मेडिसिटी अस्पतालको ‘अभिभावकप्रति समर्पित’ कार्यक्रम निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ ।

आज एक समारोहकाबीच स्ट्याण्डर्ड चार्टड बैंक नेपाल लिमिटेडका कार्यकारी अधिकृत जोसेफ सिल्भानुस र नेपाल मेडिसिटी अस्पतालका कार्यकारी अधिकृत सुधाकर जयरामले सम्झौतामा हस्ताक्षर गरी कार्यक्रमको शुभारम्भ गर्नु भयो ।

‘अभिभावक प्रति समर्पित’ कार्यक्रम अन्र्तगत नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुले जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य उपचार गर्ने, नियमित स्वास्थ्य परीक्षण गर्ने, खानपान एवं पोषणका बारेमा जानकारी दिने, फिजियोथेरापी तथा ब्यायामहरु सिकाउने, आकस्मिक रुपमा अस्पतालमा उपचारका लागि आउनु परेको खण्डमा एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने, अस्पतालको विविध सामाजिक कार्यहरुमा सरिक गराउने लगायतका सेवामूलक कार्यहरु रहेका अस्पतालका प्रमुख कार्यकारी अधिकृत जयरामले बताउनु भयो ।

लामो समय देखि बैंकसंगसंगै रहनु भएका जेष्ठ नागारिक ग्राहकहरुको स्वास्थ्यमा बैंकले केही सकारात्मक पहल गरी उहांहरुको जीवनमा केही उर्जा थप्न ‘अभिभावक प्रति समर्पित’ कार्यक्रमले सहयोग पुर्याउने बैकका कार्यकारी अधिकृत सिल्भानुसले बताउनुभयो ।

नेपाल मेडिसिटी एक अभियान भएको र यसले नेपालीहरुको सम्पूर्ण उपचार अब देशमै सम्भव बनाउने नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले बताउनु भयो ।

नेपालीहरुलाई आफ्नै घरआंगनमा गुणस्तरीय स्वास्थ्यसेवा प्राप्त होस् भन्ने हेतुले आफहरुले काठमाडौ अरु ४ वटा र प्रत्येक प्रदेशमा एक एक वटा अस्पताल निर्माण गर्ने योजना रहेको समेत जानकारी गराउनु भयो ।

सम्झौता अनुसार बैकका सबै डेबिड, के्रडिड कार्ड होल्डर ग्राहकहरुले अस्पतालको सबै सेवामा विशेष सहुलियतसहित प्राथमिकता साथ उपचार सेवा प्राप्त गर्ने कार्यक्रममा जानकारी गराईयो । अस्पताल र बैंकले आफ्ना सामाजिक कार्यहरुमा साथ साथ कार्यक्रम गर्ने समेत सम्झौतामा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्