३ मन्त्रालय लिएर सरकारमा जान उपेन्द्र सहमत


काठमाडौं, १५ फागुन । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा फोरम सरकारमा सहभागी हुन सहमत भएको हो ।

यादवले तीन वटा मन्त्रालय माँगेका थिए । जसमा ओली–प्रचण्ड सहमत भएका थिए । त्यस्तै ओली, प्रचण्ड र यादवबीच संविधान संशोधन गर्ने प्रतिबद्धतामा पनि हस्ताक्षर गर्ने सहमति बनेको स्रोतको दाबी छ ।