Logo

द्धन्द पीडितसँग एक दिने अन्र्तक्रिया



सरिता राई, भोजपुर, १५ फागुन । भोजपरका द्धन्द पीडितहरुसँग एक दिने अन्र्तक्रिया सम्पन्न भएको छ ।

स्थानीय शान्ती समिति भोजपुरले सोमबार आयोजना गरेको नगर स्तरीय द्धन्द पीडितसंग एक दिने छलफल तथा अन्तरक्रियामा सहभागीले द्धन्दपीडितहरुको परिवारलाई नेपाल सरकारले चाँडो भन्दा चाँडो राहत उपलब्ध गराउनु पर्ने माग राखेका छन् ।

द्धन्द्धका क्रममा अङ्गभङ्ग भएका पीडित परिवारका छोराछोरीलाई समेत सरकारले निशुल्क पढाउने वातावरण बनाउन स्थानिय शान्ती समिती मार्फत उनीहरुले आग्रह गरेका हुन् ।

अन्र्तक्रियामा भोजपुर नगरपालिका मेयर कैलाश कुमार आलेले द्धन्द पीडितलाई स्थानिय सरकारले सक्दो सहयोग गर्ने भन्दै द्धन्द पीडितको समुह बनाएर आर्थिक स्तरका निम्ती सिप विकासको योजना पेश गर्न बताउनुभयो ।

हाल भोजपरमा एक सय ३० मृतक, ९ जना वेपत्ता, २२ जना अपहरण र दुई सय ९६ परिवार विस्थापित रहेको स्थानिय शान्ती समितीका सचिव टेकबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्