Logo

नेपालका लागि गैरआवासीय राजदूतहरूओहोदाको प्रमाणपत्र प्रस्तुत



काठमाडौँ, १५ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जर्जिया, रोमानिया र पोल्याण्डका गैरआवासीय राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा जर्जिया, रोमानिया र पोल्याण्डका गैरआवासीय राजदूतहरू क्रमशः आर्चिल दुलीसाभिली, रादु ओक्टाभिएन डोब्रे र आडम आजेइच बुरुकोवास्कीले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । नयाँदिल्लीस्थित ती देशका राजदूतहरू नेपालका लागि सहप्रमाणीकृत हुनुहुन्छ ।

समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्री, राष्ट्रपतिको कार्यालयका परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई, राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका निमित्त सचिव कृष्णप्रसाद ढकाल र उक्त मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्