Logo

कोरियाली भाषा परीक्षा जेठमाः ७ हजारभन्दा बढीको माग



काठमाडौं १६ फागुन । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले आगामी बर्ष ७ हजारभन्दा बढी युवालाई रोजगारीमा लैजाने तयरी गरेको छ । नवौं भाषा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रमा ५ हजार र कृषि तथा पशुपालनमा २ हजारभन्दा बढी युवाको माग गर्नेगरी भाषा परीक्षाको तयारी भइरहेको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ ।

गत बर्षको भाषा परीक्षा पास भइ रोजगार आवेदन दिएर प्रतिक्षा सूचीमा रहेका ११ हजार नेपालीलाई छनोट गरिरहेका बेला थप कामदार लैजान नवौं भाषा परीक्षा गर्न लागिएको हो ।

नेपाली युवा छनोटको लागि चैतको दोस्रो साता अनलाइनमार्फत परीक्षा आवेदन माग गरिने योजना रहेको ईपीएस कोरिया शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले बताए ।

भाषा परीक्षाका लागि २०३४ चैत १० गतेदेखि २०५६ चैत ९ गतेभित्रको जन्म मिति भएका नेपालीले आवेदन दिनसक्ने शाखाले जनाएको छ । कारोबारमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्