Logo

रानिपौवामा रक्तदान कार्यक्रम सम्पन्न



नुवाकोट, १६ फागुन । ककनी, नुवाकोट, मिर्गौला डाइलासिस तथा प्रत्यारोपण समाजको आयोजनामा नुवाकोटको रानिपौवा बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

ककनी गाउँ पालिका अध्यक्ष मान बहादुर लामाको प्रमुख आतिथ्य तथा समाजका केन्द्रिय अध्यक्ष बिचारी राई को सभापतित्व सम्पन्न रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका सम्योजक सुर्य तामाङ जिम्बाले बताए ।

ककनी गाउँ पालिकाको सहकार्यमा सप्पन्न रक्तदान सिबिरलाइ जिम्बा मेटल इन्जिनियरिङ्ग वकसप तथा राज कुमार लामाले सहयोग पुर्याएका थियो । रक्तदान कार्यक्रममा एपीएफ, युएन ,पिटिसी ककनिका अधिकृत देखि जवानहरुले समेत रक्तदान गरेको आयोजक सस्थाका अध्यक्ष बिचारी राइले जानकारी दिएका छ्न ।

प्रत्येक तीन तीन महिनामा रक्तदान कार्यक्रम आयिजना गर्दै आएको मिर्गौला डाइलासिस प्रत्यारोपण समाजको १३ औं रक्तदान कार्यक्रम हो । नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्र केन्द्रिय कार्यलयको प्राबिधिक सहयोग रहेको थियोे ।



प्रतिक्रिया दिनुहोस्