Logo

होली पर्वले राजनीतिक झगडाको अन्त्य होस् : निता ढुङ्गाना



होलीको अवसरमा विभिन्न टेलिभिजनहरुले बोलाउनुभएको छ । त्यस्तै अन्य कार्यक्रम र साथीभाइले पनि बोलाएका छन् । सकेसम्म सबैतिर गएर होली खेल्दै माया साट्ने प्रयासमा छु ।

होली खेल्दा धेरै कुरामा ध्यान दिनुपर्छ । यद्यपि पछिल्लो समय होली खेल्ने शैलीमा सुधार आएको छ । पहिला पहिला त लोला हान्ने, जथाभावी रङ छ्याप्ने, नराम्रा रङ लगाइदिने, पानी छ्याप्ने जस्ता विकृति थिए । अहिले कम भएको छ ।

सुरक्षा निकायले पनि विकृति रोक्नका लागि महत्वपूर्ण भुमिका खलेको छ । मापसे चेकिङलाई कडाईका साथ लागु गरेकाले पनि विकृति हटेको छ । मानिसहरु पनि सचेत भएको पाएको छु ।

सबैलाई रङ दलेर होली खेल्ने रहर नहुन सक्छ । त्यसैले आपसि सहमतिमा खेल्नुपर्छ । त्यसैगरी चिनजानका साथीभाइबाहेक अरुले रङ दलेको कतिपयलाई मन पर्दैन ।

होलीमा प्रयोग गरिने सबै कलर राम्रा हुँदैनन् । छालामा नकारात्मक असर गर्ने खालका कलरहरु पनि कतिपयले प्रयोग गर्छन् ।

रङ दल्दा शरिरको जुनपायो त्यही अङ्गमा दल्नु हुँदैन । गाला, ढाड, हात निधार जस्ता अङ्मा मात्रै रङ दलेर रमाइलो गर्नुपर्छ ।

म त पहिला टिका लगाइदिन्छु । अनि गालामा लगाइदिन्छु, त्यो पनि सहमतिमा । शुभकामना पनि दिन्छु ।

होली एउटा पर्व हो । त्यसैले सबैले खेल्नुपर्छ । वर्षमा एकपटक आउने चाड भएकाले सबैले खेल्नुपर्छ ।

होली पर्वले राजनीतिक झगडाको अन्त्य होस् । राजनीतिक दलका नेताहरुले होली खेलेर देश विकासका लागि प्रतिवद्ध हुनु जरुरी छ ।

फागुन १७, काठमाण्डौ
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग गरिएको कुराकानीमा आधारित



प्रतिक्रिया दिनुहोस्