Logo

राष्ट्रियसभा सदस्य बृषेशचन्द्र लालले पाए महामूर्खको उपाधि



फागुन १८, काठमाण्डौ । मिथिला नाट्यकला परिषद मनापले २२ वर्षदेखि होलीको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ । सो अवसरमा एक जनालाई महामूर्ख र अन्यलाई पटमूर्खको उपाधि दिँदै आएको छ ।

राष्ट्रियसभा सदस्य बृषेशचन्द्र लालले महामूर्खको उपाधि पाएका छन् । विहीबार जनकपुरमा आयोजित महामूर्ख सम्मेलनमा लाललाई महामूर्खको उपाधि दिइएको हो ।

यसअघि वरिष्ठ राजनीतिक विश्लेषक सीके लाल, राजनीतिज्ञ रामचन्द्र झा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, समाजसेवी पवन सिंहानिया लगायतले महामूर्खको उपाधि पाइसकेका छन् ।

सो कार्यक्रममा १५ जनालाई पटमूर्ख उपाधि दिइएको छ । पटमूर्ख उपाधि पाउनेमा राष्ट्रियसभा सदस्य मुक्ता यादव, प्रदेशसभा सदस्य रामअशिष यादव, परमेश्वर साह र प्रमिलादेवी दास रहेका छन् ।

यसैगरी राजनीतिकर्मी हरिप्रसाद मण्डल, रामज्ञान मण्डल, रेणु झा र रीता झा, उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह र निर्माण व्यवसायी हीरा भगतलाई पनि पटमूर्खको उपाधि प्रदान गरिएको छ ।

त्यस्तै पटमूर्खको उपाधि पाउने अन्यमा पत्रकार महेश दास, कवि बृजमोहन झा र भाषा, साहित्य एवं राजनीतिक अभियान्ता जीवनाथ चौधरी छन् ।

विहीबार जानकी मन्दिर परिसरमा महामूर्ख सम्मेलन आयोजना गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्