Logo

विप्लवको धम्की पछि सलमान खानको नेपाल भ्रमण स्थगित



काठमाडौं, १८। बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण स्थगित भएको छ । नेकपा विप्लव समूहको चेतावनीलाई मूख्य कारण देखाउँदै सलमान खानले नेपाल नआउने बताएका हुन् ।

सल्मान खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने ‘शो’मा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।

विनाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गर्दै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको थियो ।

आयोजक ओडीसी इन्टरनेसनले औपचारिक रुपमा ‘शो’ स्थगित भएको घोषणा भने गरेको छैन । सलमान खानको टिमसँग अझै पनि कुराकानि भइरहेको आयोजक संस्थाले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्