Logo

ऋषि जी, तपाई हिट हुनुहुन्छ र त सबै पछि लाग्छन् : किरण केसी (अन्तरवार्ता)



तपाईहरुको फिल्म शत्रु गतेका बारेमा केही जानकारी दिनुस् न ।
१७ वर्षपछि मह संचारद्धारा फिल्म बनेको छ । यही फिल्मको गित रुपै मोहनीले दर्शकको मन जित्न सफल भएको छ । नेपालकै इतिहासमा सबैभन्दा बढि महङ्गोमा विक्री भएको छ । हिजो मात्रै फिल्मको ट्रेलर सार्वजनिक गरेका छौँ । दर्शकहरुले मन पराउनुभएको छ ।

समग्र चलचित्रमा राजनीतिको प्रभाव कत्तिको देख्नुभएको छ ?
राजनीतिक शुद्धिकरण, पारदर्शी र स्थिरता भएन भने त्यसको असर सबै क्षेत्रमा पर्छ । खुट्टामा ठेस लागेर घाउ भयो भने निधारमा ज्वरो र पसिना आउँछ । राज्य भद्रगोल भयो र राम्रोसँग काम गर्न सकेन भने त्यसको नकारात्मक असर कला जगतमा पनि पर्छ ।

एउटा गित गाउनुस् ।
उँडाउला पिरतीको बर्को तिमीलाई
मेरै हातको सिन्दुरको धर्को तिमीलाई

नेपालका प्रमुख राजनीतिक व्यक्तिहरुलाई के भन्न चाहनुहुन्छ ?
हामी आशावादी हुनुपर्छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनुभएको छ । मैले पनि उहाँबाट धेरै आशा गरेको छु । उहाँमा भिजन छ तर कामको नतिजा देख्न पाएको छैन । म कुनै पनि दलमा आवद्ध छैन । राम्रो काम गर्नेलाई स्याबासी दिन्छु । नराम्रो काम गर्नेलाई कलात्मक तरिकाले सचेत गराउँछु । ३३ कोटी देवताहरुले सबै नेताहरुलाई सद्वुद्धी दिउन् भन्न चाहन्छु ।

अब देशमा समृद्धिको यात्रा सुरु हुन्छ त ? तपाईलाई के लाग्छ ?
मैले आश गरेको छु । आशा गरिएन भने त व्यक्तिको मात्रै होइन देश पनि बन्दैन । निराशाले कसैलाई पनि सफल बनाउँदैन । तपाई भनेको, ऋषि धमला भनेको आशावादी हो । निट एण्ड क्लिन मान्छे हो । देखेको कुरा सत्य बोल्नुहुन्छ र त तपाई हाज हिट हुनुहुन्छ । तपाईको कार्यक्रम, तपाईले बोलेका कुराहरु राम्रा हुन्छन् भनेर त नेताहरु र पत्रकार साथीहरु तपाईको पछि लाग्नुभयो । किन भन्दा त तपाईसँग इच्छाशक्ति छ । त्यसैले हामी सबै आशावादी हुनुपर्छ ।

 

(नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानी)
२०७४ फागुन १९



प्रतिक्रिया दिनुहोस्