नेपाली चिकित्सक दिवस २०७४ सम्पन्न-फोटो सहित

0
Shares

आज फाल्गुन २० गते । नेपाली चिकित्सकहरू द्वारा नेपाली चिकित्सक दिवस २०७४ ‘सुरक्षित चिकित्सक, सर्वशुलब उपचार गुणस्तरीय सेवा, स्वास्थ्यका पूर्वाधार ‘भन्ने नाराका साथ काठमाडौँमा मात्र नभई देश भरमनाईएको छ ।

यसै क्रममा आज विहान ८:०० बजे काठमान्डौका चिकित्सकहरू वीर अस्पतालमा भेला भई र्याली आयोजना गरिएको थियो । कार्यक्रमको सुरुवातम सम्पूर्ण दिवङ्गत चिकित्सकहरु प्रति सम्मान प्रकट गर्दै चिर शान्तीको कामनाका लागि ३० सेकेन्ड मौन धारण गरिएको थीयो। उक्त र्याली टूडीखेल परिक्रमा गरी पुनः अस्पताल प्रागंणमाआई कोण सभामा परिणत भएको थियो ।

उक्त सभा मा GODAN का अध्यक्ष डा. दिपेन्द्र पाण्डे, NDAN का अध्यक्ष डा.सन्तोष पौडेल, RAN का अध्यक्ष डा. बोम विसी , DSON का महासचिव डा. तोसिमा कार्की लगाएत पूर्व NMC सदस्य डा.शतिस दियो ले मन्तव्य राख्नु भयो । मन्तव्य को क्रममा GODAN अध्यक्ष डा.दिपेन्द्र पाण्डेले डाक्टर डे को ईतिहास र नेपाली डाक्टर डे को सुरूवातका विषयमा प्रकाश पारे ।

DSON महासचिव डा. तोसिमा कार्कीले नेपाली डाक्टर डे लाई राष्ट्रीय चिकित्सक दिवसको रूपमा स्थापना गर्नुपर्ने परिकल्पना सहित सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्नुपर्ने बारे प्रस्तुत गरे । यसै क्रममा NDAN अध्यक्ष डा़.सन्तोष पौडेलले ईतिहासमा नेपाली डाक्टरहरुको पहिलो सइ्गठन नेपाल चिकित्सक संघको स्थापना भएको दिन फाल्गुन 20 मा मनाउने गरिएको र आज छैठौँ नेपाली चिकित्सक दिवस रहेको कुरा बताए ।

RAN अध्यक्ष डा. बोम बीसीले डाक्टरहरुको सुरक्षा बिना गुणस्तर सेवा सम्भव नरहेको कुरामा जोड दिनुभयो । नेपाली चिकित्सक दिवस मनाउनुको मूल उद्देश्य डाक्टर बीरामी वीचको सुमुधुर संबन्ध स्थापीत गर्ने र चिकित्सकहरू वीरामीको सेवामा अहोरात्र तल्लीन भएको स्मरण गराउन यो दिवस मनाउने गरिएको कार्यक्रममा सहभागी डाक्टर्स सोसाईटि अफ नेपलका केन्द्रीय सदस्य डा.मधुसुदन पाण्डेले हामीलाई जानकारी दिए ।