काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् ।
उनले आफ्ना प्रत्यासी प्रकाशमान सिंहलाई पराजित गरेका हुन् । देउवाले ४४ मत प्राप्त गरेका छन् भने सिंहले १९ मत । यसअघि सिंहको पक्षमा २४ मत खस्ने अनुमान गरिएको थियो ।
पौडेल क्याम्पका नेताहरुले सिंहलाई मत नदिएको खुलासा भएको छ । स्रोतका अनुसार महामन्त्री डा. सशांक कोइरालाले नै देउवालाई मत दिए ।
कोइरालासँगै नेताहरु डा. नारायण खड्का र डा. मिनेन्द्र रिजालले पनि देउवालाई मत दिएका छन् ।
यता नेता कृष्णप्रसाद सिटौला क्याम्पबाट नेता भीमसेनदास प्रधान र उमाकान्त चौधरीले पनि देउवालाई मत दिएको खुलासा भएको छ ।




प्रतिक्रिया