Logo

राजपा र फोरम सहभागी हुने भएपछि मन्त्रालय बढाउँदै ओली



काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा र फोरम नेपाल सरकारमा सहभागी हुने भएकोले मन्त्रालयको संख्या बढाउने तयारी गरेका छन् ।

यसअघि ओलील जम्मा १८ वटा मात्रै मन्त्रालय राख्ने निर्णय गरेका थिए । तर, राजपा र फोरम आउने भएपछि उनी आफ्नै निर्णयमा पूर्नविचार गर्न बाध्य भएका छन् । स्रोतका अनुसार १८ बाट बढाएर २१ पुर्याउने तयारीमा छन् । राजपा र फोरमलाई उनले २ २ वटा मन्त्रालय दिने तयारी गरेका छन् ।

फोरम नेपालले त सरकारमा जानेबारे यसअघि नै निर्णय गरिसकेको छ । मन्त्रालय बाडफाँडमा कुरा नमिलेपछि तत्काल मन्त्रिमण्डल विस्तार हुन नसकेको सत्तारुढ दलका नेताहरुले नै स्पष्ट पार्दै आाएका छन् । अब फोरमसँगै राजपा पनि सरकारमा जाने पक्का भएको छ।

राजपा र फोरम दुवै सरकारमा जाने भएसँगै मालदार मन्त्रालय लिनेबारे उनीहरुबीच अहिले ठूलै होडबाजी छ । आ–आफ्नो कार्यदलमा बसेर गृहकार्य भैरहेको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आगामी चैत्र २ वा ५ गतेभित्रै मन्त्रिमण्डल विस्तार गर्नेछन् । चैत्र २ गतेसम्म सबै पदको निर्वाचन सम्पन्न भैसक्ने भएकोले उनले यस्तो तयारी गरेका हुन् । एमाले, माओवादी, फोरम र राजपा मिलेर सरकार बन्दा दुई तिहाई भन्दा बढिको सरकार बन्नेछ ।



प्रतिक्रिया दिनुहोस्