Logo

रौतहट पुगेर माधव नेपालले भने : भ्रष्टाचारीलाई जेल हालिन्छ



रौतहट, २५ फागुन । नेकपा (एमाले)का बरिष्ठ नेता माधवकुुमार नेपालले वाम गठबन्धनको सरकारले भ्रष्टाचारीलाई जेल हाल्ने बताएका छन् ।

जिल्लाको यमुुनामाई गाँउपालिका झुुनखुुन्वामा कालोपत्रे सडक शिलान्यास गर्दै नेता नेपालले यस्तो चेतावनी दिएका हुन् । उनले भने,“यदि कसैले भ्रष्टाचार गरेको छ भने अहिले नै फिर्ता गर नत्र पछि कुनै शीप लाग्दैन पछुुतोमा पर्ने छ ।”

स्थानीय निकायमा राम्रो काम गर्नेलाई पुुरस्कार र भ्रष्टाचार गर्नेलाई जेल हाल्ने वाम सरकारको योजना रहेको उनले प्रस्ट पारे । गौर गरुडा चन्द्रपुर सडकखण्डको उदाहरण दिँदै उनले आज शिलान्यास भएको विभिन्न ठाँउका ५२ किलोमिटर कालोपत्रे सडक पनि त्यस्तै मजबूुत बनाउन ठेकदार र कर्मचारीको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभा सदस्य प्रभू साहले निर्वाचनअघि आफूुुले सार्वजनिक गरेको घोषणापत्रमा यस क्षेत्रलाई धुुँवारहित बनाउने योजनाअनुुसार दुुईसय परिवारलाई ग्यास सिलिण्डर, ग्यास र चुुल्हो वितरण गरेको बताउनुुभयो ।

 



प्रतिक्रिया दिनुहोस्