Logo

यमनविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा



काठमाडौं, ७ चैत  । एएफसी एसिया कप छनोट चरणअन्तर्गत् यमनविरुद्धको अन्तिम खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक ग्योतोकी कोजुले मंगलबार २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

टोलीमा बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, विशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, सुजल श्रेष्ठ, सुनिल बल र अन्जन विष्ट रहेका छन् ।

त्यसैगरी, सुमन लामा, विराज महर्जन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी, किरण चेम्जोङ, विकेश कुथू र एलन न्यौपाने टोलीमा समेटिएका छन् ।

दोहोरो पहेंलो कार्डका कारण भरत खवासले टिममा स्थान बनाउन नसक्दा चोटका कारण विक्रम लामा टिमबाहिर भएका छन् । कमल श्रेष्ठ, रविन श्रेष्ठ, विशाल श्रेष्ठ र विमल बस्नेत भने प्रशिक्षणमा रहेपनि अन्तिम टोली घोषणामा बाहिरिन पुगे ।

नेपालले यही चैत १३ गते कतारमा यमनविरुद्ध अन्तिम खेल खेल्ने कार्यक्रम छ । समूह चरणमा एक अंक जोडेको नेपाल पुछारमा रहेको छ । यो खेल नेपालको प्रतिष्ठाका लागिमात्रै रहनेछ । नेपालले सोमबारदेखिमात्रै पूर्णप्रशिक्षण थालेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot