Logo

(डीपीएल) ट्वेन्टी–२० क्रिकेटको खेलतालिका सार्वजनिक



काठमाडौं, ७ चैत । यही चैत १७ गतेदेखि धनगढीमा हुने धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार विज्ञप्ति जारी गर्दै खेलतालिका सार्वजनिक गरेको हो । ६ टिमले सहभागिता जनाउने प्रतियोगिताको उद्घाटन खेलमा स्थानीय टिम चौराहा धनगढी र काठमाडौं गोल्डेन्स भिड्नेछन् ।

फाइनल खेल चैत ३० गते हुनेछ । विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार जित्नेछन् । तेस्रो हुनेले ३ लाख र चौथोले २ लाख पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्