Logo

डिल्ली डेयरडेभिल्सको टोली नेपाल आएर सन्दिपको जर्सी प्रधानमन्त्री ओलीबाट सार्वजनिक गराउने



चैत ८, काठमाण्डौ । सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आईपीएल) मा लगाउने जर्सी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् ।

यसका लागि दिल्ली डेयरडेभिल्सको टोली काठमाडौं आउँदैछ । तर, समय भने यकिन भइसकेको छैन ।

आइपिएलमा पहिलो पटक नेपाली खेलाडिको रुपमा छनौट भएका लामिछानेको जर्सी ओलीबाट सार्वजनिक गराउने डिल्ली डेयरडेभिल्सको निर्णय नेपाली फ्यान बढाउने रणनीतिको रुपमा लिइएको छ ।

सन्दिपलाई आइपिएलमा किनेसँगै नेपाली क्रिकेटप्रेमी डिल्ली डेयरडेभिल्सको पक्षमा देखिएका छन् ।

सन्दीप आईपीएल खेल्न मंगलबार दिल्ली जाने कार्यक्रम छ ।

आईपीएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दिपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो । उनी आईपीएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् ।



प्रतिक्रिया दिनुहोस्