Logo

देश झनै नाजुक भईदियो अझै परदेशमै छुः दीपेनजी हमाल ‘दीपित



काठमाडौं ।

गजल

गाउँ बदलियो देश बदलियो अझै परदेशमै छु
फर्किएर जाने मन त थियो अझै परदेशमै छु ।।

संविधान बनाईएछ र संघिय पर्देश छुट्टाइएछ
यतै बसेर सबै कुरा सुनियो अझै परदेशमै छु ।।

हामी यता आएपछि धेरै मन्त्री भए तापनी
देश झनै नाजुक भईदियो अझै परदेशमै छु ।।

हत्या हिंसा उस्तै छ रे सुन्छु, पढ्छु समाचार
धेरै चेलीको इज्जत लुटियो अझै परदेशमै छु ।।

बिर्सिएर साथीभाईले को होस् भन्ने होलान्
मलाई कसले पो सम्झियो अझै परदेशमै छु ।।

तिम्रै साथी त हुँ नि यार भन्न पनि सक्दिन कि
साथी फेरिए समय फेरियो अझै परदेशमै छु ।।

दिपेनजी हमाल ‘दीपित’
वीरेन्द्रनगर ३, सुर्खेत, नेपाल
हाल द। कोरिया



प्रतिक्रिया दिनुहोस्