Logo

डीपीएलको इतिहासमा रुपन्देही च्यालेन्जर्सको सबैभन्दा कम स्कोर



चैत १८, काठमाण्डौ । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) अहिलेसम्मकै कम स्कोर बनेको छ ।
डीपीएल–२ को दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स सिवाइसी अत्तरिया विरुद्धको खेलमा ६१ रनमा अलआउट भएको हो। डीपीएलको इतिहासमा कुनै पनि टिमले बनाएको यो सबैभन्दा कम स्कोर हो।

यसअघि गत सिजनमा विराटनगर किंग्स रुपन्देही विरुद्धको खेलमा ७१ रनमा अलआउट भएको थियो।

धनगढीस्थित एसएसपी क्रिकेट मैदानमा आइतवार भइरहेको पहिलो खेलमा रुपेन्देही च्यालेन्जर्स १५।२ ओभरमा मात्र ६१ रनमा अलआउट भयो। १० खेलाडिले दोहोरो रन जोड्न नसकेको रुपन्देहीका लागि विदेशी खेलाडी सुफ्यान मेहमुदले नटआउट रहदै २० रन बनाए।

२५ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे। ओपनर द्वय प्रदिप ऐरी र सागर पुन शुन्यमा आउट भएपछि रुपन्देहीका कुनैपनि ब्याट्सम्यान धेरैबेर क्रिजमा टिक्न सकेनन्।

विक्रम भुषाल र कप्तान शक्ति गौचन समान ८, दीपक प्रसाद ५, सिद्धान्त लोहनी ४ तथा अमरसिंह रौटेला १ रनमै आउट भए। सुशान भारीले रनको खाता खोल्न सकेनन् भने पेश श्रेष्ठ २ रन बनाएर बउट भए।

रुपन्देहीलाई अलआउट गर्न सिवाइसी अत्तरियाका कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। आफ्नो ४ ओभर स्पेलमा ऐरीले १५ रन खर्चे। यस्तै शुभांकर उरावले २।२ ओभर बलिङ गर्दा १ मेडन राख्दै ७ रन खर्चेर ३ विकेट लिए। कृष्ण कार्की, दीपेन्द्र सिंह ऐरी र विपिन चन्द्रले समान १ विकेट लिए।



प्रतिक्रिया दिनुहोस्