Logo

महेन्द्र सिंह धोनीलाई पद्म भूषण सम्मान



नयाँ दिल्ली, २० चैत। भारत सरकारले क्रिकेट खेलाडी महेन्द्रसिंह धोनीलाई देशको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्म भूषणबाट सम्मानित गरेको छ ।

राष्ट्रपति भवनमा सोमबार साँझ आयोजित विशेष समारोहका बीच भारतका राष्ट्रपति रामनाथ कोविन्दले धोनीलाई पद्म भूषणबाट सम्मानित गरे ।

धोनीले आफ्नो कप्तानीमा भारतलाई एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जिताएकै दिन अप्रिल २ तारिखमा यो विशेष राष्ट्रिय सम्मान पाएका हुन् । सन् २०११ मा अप्रिल २ तारिखकै दिन मुम्बईको वाङ्खडे रंगशालामा श्रीलंकालाई ६ विकेटले हराउँदै धोनी नेतृत्वको टिम ईन्डियाले २८ वर्षपछि भारतलाई विश्वकप जिताएको थियो ।

सोमबार राष्ट्रपति भवनमा अयाोजित समारोहमा धोनीसँगै भारतका चर्चित बिलियार्ड खेलाडी पंकज आडवाणीलाई पनि पद्य भुषण प्रदान गरियो ।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्