नयाँ दिल्ली, २५ चैत । तीन दिन भारत भ्रमणको आज विहान अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीले लेफ्टहरुसँग ब्रेकफाष्ट मिटिंग गरेका छन् ।
ओलीसँगको ब्रेकफाष्टमा भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरीलगायतका नेताहरु सहभागी छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा यचुरीले आफूहरुबीच नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनेबारे छलफल भएको जानकारी दिए ।
यचुरीका अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमण फलदायी भएको छ ।




प्रतिक्रिया