Logo

क्रान्तिकारी पत्रकार संगठनमा न्यौपाने



चितवन, ४ वैशाख (रासस) : क्रान्तिकारी पत्रकार संगठन नेपाल चितवनको आज भरतपुरमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेका अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।

समितिका उपाध्यक्षमा प्रकाश आचार्य, सचिवमा सुरज शर्मा र कोषाध्यक्षमा वासुदेव आचार्य निर्विरोध चयन हुनुभएको छ । सम्मेलनका क्रममा संगठनका केन्द्रीय कोषाध्यक्ष नवराज ढकालले संगठन विस्तारका लागि आगामी दिनमा नयाँ कार्यसमितिलाई काम गर्न आग्रह गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले सबैलाई संगठित बनाएर लैजाने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्