Logo

विद्यार्थी र अभिभावकको पहिलो रोजाई एस्फोडेल पब्लिक स्कुल



४०० विद्यार्थीमध्ये एक सयलाई निःशुल्क छात्रावृत्ति

काठमाडौं, ५ बैशाख । नयाँ शैक्षिक सत्र सुरु भएसँगै अभिभावकहरुले आफ्ना बच्चाहरुलाई कुन विद्यालय भर्ना गर्ने भनेर विद्यालय बुझिरहेका छन् ।

अभिभावकको पहिलो प्राथमिकता भनेको गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालय रोज्नु नै हो । विगत दुई दशकदेखि काठमाडौंको कालिकास्थानमा अवस्थित् एस्फोडेल पब्लिक स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ ।

यो विद्यालय वरपर तथा अन्य क्षेत्रका अभिभावकहरुको पहिलो रोजाईमा परेको छ । विद्यालयले प्रदान गर्ने गुणस्तरीय शिक्षा, शैक्षिक तथा पारिवारिक वातावरण, अतिरिक्त क्रियाकलाप, स्तरीय भौतिक संरचना, व्यवहारिक ज्ञान प्रदानले गर्दा नै आफूहरुले विद्यार्थी र अभिभावकहरुको विश्वास जित्न सफल भएको विद्यालयका संस्थापक तथा प्रिन्सिपल वीरेन्द्र प्रकाश श्रेष्ठ बताउँछन् ।

प्रिन्सिपल श्रेष्ठले वि.सं. २०५६ सालमा स्थापना भएको यो विद्यालयबाट अहिलेसम्म एसएलसीको १४ औं ब्याच पार भैसकेको जानकारी दिए । उनका अनुसार स्थापना कालमा ८० जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा अहिले ४०० हाराहारामी विद्यार्थीहरु अध्ययनतर छन् ।

स्कुलले हालै आफ्नो १८ औं वार्षिकोत्सव समेत मनाएको छ । श्रेष्ठले स्कुल सञ्चालन गर्ने कुरा निकै कठिन काम भएको बताउँदै झण्डै दुई दशकको अवधिमा आफूहरुले थुप्रै आरोह–अवरोह पार गर्दै प्रतिष्पर्धात्मक रुपमा नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको दाबी गरे । ‘गर्छु भनेर लागिसकेपछि काम गर्न सकिन्छ भन्ने उदाहारण अहिले हामी बनेका छौं, स्कुल सुरुवातमा च्यारिटी वर्कमार्फत सञ्चालन गरिएको हो’ उनले थपे,‘जुन उद्देश्यले स्कुल स्थापना गरिएको थियो, आज त्यो पूरा भएको देख्दा गर्व महशुस हुन्छ।’

गरिबीको कारण शिक्षाको उज्यालो ज्योतिबाट कोही पनि बालबालिकाहरु बञ्चित हुन नपरोस भनेर खोलिएको विद्यालयले अहिले ४०० जना मध्ये एक सय जनालाई छात्रावृत्तिमार्फत निःशुल्क अध्ययनको व्यवस्था गर्दै आएको श्रेष्ठले जानकारी दिए । उनले थपे,‘अहिलेपनि हामीले एक सय जनालाई छात्रवृत्ति दिईरहेका छौं ।

गरिबी र पैसाको अभावमा विद्यार्थीहरुले गुणस्तरीय शिक्षाबाट बञ्चित हुन परेको छैन, आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिन्छौं, जुन उद्देश्य र भावनाले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलार्य निःशुल्क शिक्षा प्रदान गर्ने समाजसेवाको हामीबाट थालनी भएको थियो, सोही अनुरुप छात्रवृत्ति पाएका विद्यार्थीहरुले पनि पढाईमा आफूलाई अब्बल सावित गरेर आ–आफ्नो क्षेत्रमा सफल भएका छन्, यो स्कुलको लागि पनि गौरवको विषय हो।’

श्रेष्ठले दिएको जानकारी अनुसार विद्यालयको एसएलसीको नतिजा शत प्रतिशत छ । उनले थपे,‘धेरैजसो विद्यार्थीहरुले ए प्लस को नतिजा हाँसिल गरेका छन्, अरुले पनि राम्रै नतिजा ल्याएका छन्।’

उनले आफू विद्यालयको संस्थापक भएको नाताले आफ्ना बच्चाहरुलाई पनि सोही विद्यालयमै पढाएको सुनाए । उनले भने,‘मेरा त दुवै (छोरा र छोरी) ले नर्सरीदेखि यहीँ पढेर एसएलसी पास गरे, छोरी विभुती श्रेष्ठ बंगलादेशको सिटी डेन्टल कलेजमा अध्ययनरत छिन्, छोरा विनायक श्रेष्ठ अहिले भारतमा अध्ययनरत छन्, उनले कक्षा ११ मा ८८ प्रतिशत ल्याएका छन् । मैले त मेरा बच्चाहरुलाई आफ्नै स्कुलमा पढाएँ । यही स्कुलमा पढेको मेरो छोरा भारतमा उच्च शिक्षा हाँसिल गर्दापनि कलेजको सेकेण्ड टपर भयो । यो खुशीको कुरा हो । म पूर्ण सन्तुष्टि छु ।’

विद्यालयले प्रयोगात्मक सेवा सञ्चालनका साथै बच्चाहरुलाई बेलाबेलामा सामाजिक सेवामा पनि सहभागी गराएर व्यवहारिक ज्ञान प्रदान गर्दै आईरहेको श्रेष्ठको भनाई छ । उनले थपे,‘बच्चाहरुलाई कहिले हामी आमा घर लैजान्छौं, त्यहाँ उनीहरुले निःशुल्क सेवा गर्छन्, सामाजिक सेवाका बारेमा पनि बच्चाहरुलाई सिकाउँछौं । संस्कारी शिक्षापनि दिलाउँछौं, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरु पनि प्रशस्तै हुन्छन्।’

त्यस्तै विद्यालयले स्पोर्टर्स विक भनेर हरेक आईतबारे विद्यालयमा खेलकुद गतिविधि सञ्चालन गरिरहेको श्रेष्ठले बताए । ‘खेलकुदसँगै योगा, स्विमिङ् र स्काउट पनि विद्यालयले सिकाईरहेको छ’ श्रेष्ठले अघि भने,‘त्यस्तै प्रत्येक आईतबार हामी जापानी भाषा पनि विद्यार्थीहरुलाई निःशुल्क रुपमा सिकाउँछौं, यो अत्यन्तै प्रभावकारी बनेको छ।’

विद्यालयले अहिले ३५ जना प्रत्यक्ष रोजगारी दिएको छ । विद्यालयको यो दुई दशकको यात्रा दिनादिनु प्रगतिको पथमा लम्किएकोले यसको सम्पूर्ण श्रेय विद्यार्थी, शिक्षक तथा शिक्षिका, कर्मचारी अभिभावकलाई नै जाने श्रेष्ठको दाबी छ ।

उनले भने,‘हाम्रो विद्यालयको सफलतामा अभिभावकहरुको ठूलो हात छ, उहाँहरुले हामीलाई विश्वास गरेर नै अहिले हामी यो सफलता हात पारेका छौं, उहाँहरुको माया निरन्तर पाईरहुँ, हामी त बच्चाहरुको गोठालो न हौं।’

आफूलाई सरकारप्रति कुनै गुनासो र अपेक्षा नरहेको श्रेष्ठले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनले भने,‘सरकारले त अहिलेसम्म हामीलई एक पैसापनि सहयोग छैन् । र, हामीलाई अपेक्षा पनि छैन।’

बरु उनले स्विडेनको एलयुएलएईए युनिभर्सीटिले विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीको स्कुल फि तिरिदिएको सुनाए । उनले भने,‘जे छ राम्रो छ, आगामी दिनमा हामी विद्यालयलाई अझै गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको रुपमा चिनाउन चाहाँन्छौं, हामी विद्याथीहरुको भविष्यप्रति पूर्ण सचेत छौं, हामी यहाँ पाठ्यक्रमकेन्द्रित शिक्षमात्रै होईन, व्यवहारिक ज्ञानपनि सिकाउँछौं।’

 



प्रतिक्रिया दिनुहोस्