प्रधानसेनापति र इयुकी राजदूतबीच भेटवार्ता


काठमाडौं, ५ बैशाख । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग काठमाण्डौस्थित युरोपियन युनियनकी राजदुत भेरोनिका कोडीले जङ्गी अड्डामा आज शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति क्षत्री र राजदुत कोडीबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।