दक्षिण एशियाली ज्योतिष महासंघद्धारा पत्रकार थापा सम्मानित


काठमाडौं, ५ बैशाख । दक्षिण एशियाली ज्योतिष महासंघले आज नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरलाई सम्मान गरेको छ ।

बुधबार काठमाडौंको बागबजारस्थित् हार्दिक होटेलमा महासंघले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा थापालाई सम्मान गरेको हो । महासंघले प्रदान गरेको सम्मानपत्रमा भनिएको छ,‘नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष (हाल नपाल टेलिभिजनमा कार्यरत) तपाईले लेखन तथा पत्रकारिता क्षेत्रमा सक्रिय रहेर विगत लामो समयदेखि सामाजिक तथा राष्ट्रिय विषयमा कलम चलाउँदै आईरहनुभएका युवा पत्रकार तपाइृले दक्षिण एशियाली ज्योतिष महासंघको संस्थागत कार्यक्रमहरुमा सूचना प्रवाह गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको र आगामी दिनहरुमा पनि तपाईको सहयोगको अपेक्षा गर्दै उत्तरोत्तर प्रगतिको कामनासहित यो सम्मानपत्र प्रदान गरिएको छ।’

सम्मानित पत्रकार थापा रिपोर्टर्स क्लब नेपालका केन्द्रिय सचिव समेत हुन् । सम्मानपत्रमा महासंघका सचिव ज्योतिष सुरेशचन्द्र रिजाल, महासचिव श्रीकेश कौशिक, कार्यक्रम संयोजक ज्यो. खिलनाथ काफ्ले, कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल बलदेव र सभापति आचार्य लक्ष्मण पन्थीको हस्ताक्षर रहेको छ ।