दक्षिण एशियाली ज्योतिष महासंघद्धारा पत्रकार क्षेत्री सम्मानित

0
Shares

काठमाडौं, ५ बैशाख । दक्षिण एशियाली ज्योतिष महासंघले चेतना न्युज डटकमका सम्पादक रामकुमार क्षेत्रीलाई सम्मान गरेको छ । बुधबार काठमाडौंको बागबजारस्थित् हार्दिक होटेलमा महासंघले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा पत्रकार क्षेत्रीलाई सम्मान गरेको हो ।

महासंघले प्रदान गरेको सम्मानपत्रमा भनिएको छ ,‘वरिष्ट पत्रकार चेतना न्यूज डटकमका सम्पादक तपाईले लेखन तथा पत्रकारिता क्षेत्रमा सक्रिय रहेर विगत लामो समयदेखि सामाजिक तथा राष्ट्रिय विषयमा कलम चलाउँदै आईरहनु भएका तपाइले दक्षिण एशियाली ज्योतिष महासंघको संस्थागत कार्यक्रमहरुमा सूचना प्रवाह गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको र आगामी दिनहरुमा पनि तपाईको सहयोगको अपेक्षा गर्दै उत्तरोत्तर प्रगतिको कामनासहित यो सम्मानपत्र प्रदान गरिएको छ।’

सम्मानित क्षेत्री रिपोर्टर्स क्लब नेपालका केन्द्रिय सदस्य समेत हुन् । सम्मानपत्रमा महासंघका सचिव ज्योतिष सुरेशचन्द्र रिजाल, महासचिव श्रीकेश कौशिक, कार्यक्रम संयोजक ज्यो खिलनाथ काफ्ले, कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल बलदेव र सभापति आचार्य लक्ष्मण पन्थीको हस्ताक्षर रहेको छ । कार्यक्रम दक्षिण एशियाली ज्योतिष महासंघका अध्यक्ष लक्ष्मण पन्थीको अध्यक्षतामा सम्पन्न भएको हो ।