विश्वनाथ सिम्खाडा : कालिकोट। ६ बैशाख । कालिकोट जिल्ला कारागारमा रहेका ४७ जना कैदिबन्दिहरुसंग बिहिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले भेटघाट गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी र कारागारहरु प्रदेश सरकारकै मतहतमा रहने भने पछि कारागारको निरिक्षण गर्न कालिकोट कारागार पुग्नु भएका मुख्यमन्त्री शाहीले बन्दीहरुसंग कुरा गर्दै प्रदेशमा न्याधिसको अभावमा पेसि सारेर दिन लम्ब्याउने र फैसला गर्न ढिलासुस्ति गर्ने दिनको अन्त्य हुने बताए ।
बैशाख १ बाट नेपालमा नयाँ ऐन नियमको कार्यान्वयन भईसकेकाले कैदि मरिसके पछि पनि मुद्धा फैसला नहुने परिपार्टी ठिक नभएको बताए ।
नेपालको संबिधान २०७२ निर्माण गर्ने क्रममा अधिकांस सांसदहरुले मृत्यु दण्ड दिने ब्यवस्था गर्नुपर्छ भनेर माग गरे पनि नेपाली जनताले त्यो अस्वीकार गरेको बताएका छन् ।
प्रदेश सरकारले न्यायधिबक्ता मार्फत १० वटै जिल्ला कारागारका समस्या बुझ्ने काम गरिरहेको बताए । कारगारको मर्मत सुधार, बन्दीहरुको कैद माफि मिनाहा सम्बन्धमा पनि छलफल गर्ने बताएका छन् । मुख्यमन्त्री शाहीले कैदि बन्दिहरुले पनि समाजमा काम गर्ने र स्थापित हुन पाउने भएकाले बन्दीलाई गलत दृष्टिकोणबाट हेर्ने नेपाली चलन गलत भएको टिप्पणी गरे ।
मुख्यमन्त्री शाहीसंग कुरा गर्दै कैदिबन्दीहरुलाई सुचनाको हक प्रयोग गर्न र आफ्ना पिडा बेदना मिडिया मार्फत राख्न पत्रकारहरुलाई भेट्न निरिक्षण गर्न दिन नमानेको प्रति कारागार प्रशासन प्रति दुखब्यत गरेका थिए ।
बन्दीहरुले मुख्यमन्त्री शाहीसंग कारागारमा बन्दी हरेक बेला बिरामी पर्ने गरेको उपचार प्रक्रिया ढिला सुस्तिहुने गरेकोमा दुखेसो पोखेका छन । उनीहरुले सरकारले उचित व्यवस्थापन सहीत अस्पतालको समेत ब्यवस्थापन गर्न आग्रह गरेका छन ।
एक महनिामा एक जना बराबर ५० हजार खर्चिनु भन्दा कैदिबन्दिहरुलाई श्रममालगाएर राज्यलाई फाईदा हुने कामगर्न कैदि जयसुर सार्कीले सरकारसंग आग्रहगर्नु भएको छ ।
कैदि बन्दीहरुलाई हेर्ने दृष्टिकोणको सुधार गरेर गलत मान्छेको क्रियाकलाप सुधार गर्ने र कारागारलाई सुधार गृहका रुपमालिनु पर्ने अबस्थामा त्यसो नभएको गुनासो गरेका छन । सरकारले भर्खरै कारगारका कैदि बन्दिको सिधाभत्ता बढाएको प्रति उनीहरुले सरकारको प्रशसंसा गरेका छन् ।
त्यस्तै यस वर्षको सामशुङ मोवाइल विजेता कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका निवासि गगन विकलाई प्रर्दान गरेको छ । मान्म बजारमा रहेको जीवान मोवाइल ग्यालोरिबाट मोवाइल सेट किन्दा विकलाई २ लाख ५० हजारको चिढ्ठा परेको थियो । मोवाइल ग्यालोरिका सञ्चालक नवराज बुढाले आज एक कार्यक्रमको आयोजना गरि प्रतिनिधि सभाका सांसद दुर्ग वहादुर रावतले २ लाख वरावरको इलेक्टोनिक सामाग्री हस्तान्त्रण गरेका हुन ।




प्रतिक्रिया