कैलाली, ८ वैशाख । डोटीको कालागाढबाट मुडभरातर्फ जाँदै गरेको से१ख ५२७५ नम्बरको जिप डोटीकै शिखर नगरपालिका–३, छाइपानीमा शनिबार दिउँसो दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।
स्थानीय खडकबहादुर जोराले घटनास्थलबाट दिएको जानकारीअनुसार मृत्यु हुनेमा शिखर नगरपालिका–३, जोरागाउँका १४ वर्षीय सुरेश भुल र सोही ठाउँकी खिन्तुरी भुल रहेका छन् ।
मृतक दुईजनाको भने सनाखत हुन सकेको छैन । दुर्घटनामा परेर अरु ६ जनाभन्दा बढी घाइते छन् । घटनास्थलमा स्थानीयहरुले उद्धार गरिरहेका छन् । प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जनाइएको छ ।
स्थानीयकाअनुसार जिप सडकबाट करिब ५० मिटर तल खसेको छ । घटनास्थल डोटी सदरमुकामबाट करिब २५ किलोमिटर टाढा पर्छ ।




प्रतिक्रिया