काठमाडौं, ९ बैशाख । कम्युनिष्ट पार्टीको स्थापना दिवसमा लेनिन र माओको तस्वीरविनाको ब्यानर बन्नुमा आफूहरुको गल्ती भएको केपी ओली र प्रचण्डले स्वीकार गरेसँगै नयाँ ब्यानर ल्याईएको छ ।
दुबै पार्टीका शीर्ष नेताहरुको बैठकमा ओली र प्रचण्डले गल्ती स्वीकार गरेका हुन् । आफूहरुले ब्यानर बनाउन निर्देशन दिँदाखेरि नै कस्तो बनाउने भनेर निर्देशन दिनुपर्नेमा सो नगरिएकाले यस्तो परिस्थिति आएको भन्दै ओली र प्रचण्ड दुबैले यसमा अरुको नभई दुई अध्यक्षकै कमजोरी रहन गएको बैठकमा बताएका छन् ।




प्रतिक्रिया