सार्कलाई अघि बढाउन संसदले रचनात्मक भूमिका निर्वाह गर्छ : सभामुख महरा


काठमाडौं, ९ बैशाख । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सार्कलाई अघि बढाउन नेपालको संसदले रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन्।

सभामुख महराले सार्कलाई गतिशील बनाउन सघाउ र्पुयाउने उद्देश्यका साथ ‘रिजनल कन्फरेन्स अफ सार्क इफेक्टिभनेश’ नामक पुस्तक नै प्रकाशन गरिएको पनि बताएका हुन् ।

संघीय संसदले सार्कका गतिविधिलाई समेटेर तयार पारेको सो पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले ३ वर्षयता सार्क शिखर सम्मेलन हुन नसक्नु दुःखद भएको पनि बताए।