सार्कमा देखिएको असमझदारीबारे प्रधानमन्त्रीको आयो यस्तो प्रतिक्रिया


काठमाडौं, ९ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा देखिएको असमझदारी हटाउन भारत र पाकिस्तानका सरकार प्रमुखहरुसँग छलफल गरेको बताएका छन् ।

सार्कको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्कलाई प्रभावकारी क्षेत्रीय फोरमका विकास गर्दै अघि बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीसँग आग्रह गरेको जानकारी दिए ।

‘रिजनल कन्फरेन्स अफ सार्क इफेक्भिनेस’ नामक पुस्तकको आइतबार विमोचन गर्दै उहाँले भारत र पाकिस्तानकै कारण सार्क क्षेत्रमा देखिएको असमझदारी हटाउन अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले वार्तालाई जोड दिएको बताए ।

पाकिस्तानका प्रधानमन्त्री अब्बासी नेपाल भ्रमणमा आएका बेला सार्कलाई अघि बढाउने वारेमा पहल गर्न गरेको आग्रहलाई प्रधानमन्त्री ओलीले स्वीकार गर्दै पहल लिने बताएका थिए ।