‘एमाले-माओवादीबीच एकता हुँदैन भन्ने लागेको छ भने त्यो बेकार हो’ : प्रधानमन्त्री ओली


काठमाडौं, ९ बैशाख । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकता प्रक्रियालाई सफल बनाइ छाड्ने उद्घाष गरेका छन् ।

आइतबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एमाले–माओवादीको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले अघि भने,‘‘अब हामीले कसैलाई दोष लगाउने र कसैको टाउकोमाथि जिम्मेजारी फालेर उम्किने ठाउँछैन । हामीले एकतालाई सफल पार्ने बाहेक अरु बाटो छैन ।’

ओलीले भने, ‘अस्ती मैले एकता संयोजन समितिको बैठकमा पनि भनेको थिएँ । हामी यो ठाउँमा पुगिसकेका छौं, अब जुत्ता मिलेन भनेर त्यत्तिकै हिँड्न मिल्दैन । मिलेन भने खुटमा टाँसजुस पारेर भने पनि जानुपर्छ । हामी त्यो ठाउँमा पुगिसक्यौं ।’

उनले एकताअघि दुबै पार्टीमा केहि समस्याहरु हुने भएपनि एकतापछि सबै कुरा सामान्य बन्दै जाने बताए । उनले भने ‘बिहे गर्नुभन्दा अघि त एउटै घर हुँदैन । दुलाहाको अन्तै र दुलहीको अर्के घर हुन्छ । त्यसकारण यो घर यसको र उसको भन्ने हुन्छ । जब बिहेपछि एक भइन्छ सबैको माया लाग्न थाल्छ । यो एकता पनि त्यस्तै त्यस्तै हो ।’

उनले एकताअघिका सातातिना कुरालाई गम्भीरताका साथ लिन नहुने समेत बताए । उनले एकता हुँदैन भन्ने कसैलाई लागेको छ भने त्यो बेकार भएको हुने टिप्पणी गरे ।

ओलीले सम्मान, समानता र न्यायसंगत एकता हुने भन्दै त्यसैलाई प्रमुख आधार बनाएर पार्टी एकता गरिने दावी पनि गरे । एमाले र माओवादीवीच एकता रोक्नपर्ने कुनै विषय बाँकी नरहेको बताए ।

तस्विर : मुकुन्द कालिकोटे