Logo

पार्टीभित्रको विकृति हटाउन कम्मर कसेर लाग्नुपर्छ, एकैचोटी सुधार गर्न सकिदैन : भण्डारी



वैशाख ११, काठमाण्डौ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांगेसको अहिलेको नेतृत्व कमजोर भएको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले कांग्रेस पाठशाला जस्तै भएको भन्दै कम्युनिष्ट नेताहरुले समेत मन पराउने विपि कोइराला जस्तो नेता जन्माएको स्मरण गराए ।

“कांग्रेसले संसदीय व्यवस्था मान्दिन भन्ने प्रचण्डलाई समेत विपि कोइराला मन पर्छ भन्ने बनायो । यसरी पाठशालाको रुपमा रहेको कांग्रेसलाई हामीले कमजोर बनायौँ । अब यो पाठशालालाई मजबुत बनाउनुपर्छ ।” भण्डारीले भने ।

कांग्रेसलाई पाठशालाकै रुपमा अगाडि बढाउनका लागि आफूहरु लागिपरेको भण्डारीले बताए ।

कांग्रेसभित्र व्यक्ति, परिवार, गुट, गिरोह केन्द्रित भएकाले पार्टीभित्र तत्काल परिवर्तन गर्न नसकिने भण्डारीको भनाई छ । “पार्टीभित्रको विकृति हटाउन कम्मर कसेर लाग्नुपर्छ । एकैचोटी सुधार गर्न सकिदैन ।” उनले भने ।

अबका दिनमा समय सन्दर्भअनुसार पार्टीलाई अगाडि बढाउने कुरामा आफूहरु प्रतिवद्ध रहेको भण्डारीले बताए ।



प्रतिक्रिया दिनुहोस्