मोदीको नेपाल भ्रमणले दुई देशबिचको सम्बन्धमा फड्को मानुपर्छ : श्रेष्ठ


वैशाख ११, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २८ बैशाखमै नेपाल आउने भएका छन् ।

नेपालले ११ जेठमा मोदीलाई स्वागत गर्ने तयारी गरेको थियो । तर, भारतले नयाँ मिति प्रस्ताव गरेको छ, जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मोदीको नेपाल भ्रमण छिमेकी मित्रराष्ट्रको भ्रमणको रुपमा सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले नेपाल भारतबिचको सकारात्मक पक्षलाई अझै सुदृढ बनाउन र समस्याका पक्षलाई समाधान गर्ने कुरामा मोदीको नेपाल भ्रमणले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले उच्चस्तरीय भ्रमणले दुई देशबिचको सम्बन्धमा फड्को मार्ने दिशा तय हुनुपर्नेमा जोड दिए ।