साढे ३३ किलो सुनकाण्ड : नेपाल एअरलाइन्सका दुई कर्मचारी पक्राउ


काठमाडौं, ११ वैशाख । प्रहरीले साढे ३३ किलो सुनकाण्डको छानबिनमा नेपाल एअरलाइन्सका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा नेपाल एअरलाइन्समा लोडर काम गर्ने तुलाराम थारु र अमर डंगोल हुन् । सो सुनकान्डमा छानबिन समितिले मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख विकासराज खनाल र प्रहरी नायब उपरीक्षक सन्जय राउतसँग पनि बयान लिने तयारी गरेको छ ।

प्रहरीले यसअघि नेपाल एअरलाइन्सकै राजन थापा र प्रेमलाल चौधरीलाई पक्रेकोमा चौधरीले महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमै आत्महत्या गरेका थिए ।