ओली-प्रचण्डबीच भेटवार्ता जारी, सहमति होला त ?


काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता जारी रहेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ८ बजेदेखि वार्ता भएको हो । वार्तामा पार्टी एकताका विषयमा छलफल भएको थियो ।

दुई पार्टीबीचको एकतालाई निश्कर्षमा पुर्याउनको लागि ओली र प्रचण्डबीच पछिल्ला समय लगातार छलफलहरु भैरहेका छन् । तर, वार्ता अहिलेसम्म निश्कर्षमा पुग्न सकेको छैन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई पार्टीबीचको एकतामा सम्मानजनक, समानता र न्यायोचितको हैसियत खोजेका छन् । तर, एमालेले भने अहिले नै समानताको आधारमा जान नसकिने बताउँदै आएको छ ।

एमाले शीर्ष नेताहरुले प्रचण्डले भनेजस्तो ५०/५० को अनुपातमा एकता गर्न नसकिने कठोर बचन दिएपछि प्रचण्ड ओलीसँग अलिक कडा रुपमा प्रस्तुत भएका छन् ।