महासिद्ध स्याँक्चुरी फर युनिभर्सल पीस निर्माण हुँदै


काठमाडौं, १२ वैशाख । अमेरिकन बुद्धिष्ट ज्ञाता तथा ध्यान गुरु श्याल्पा तेन्जिन रिन्पोचेको परिकल्पनामा महासिद्ध स्याँक्चुरी फर युनिभर्सल पीसको भगवान गौतम बुद्धको २५६२ औं जन्मजयन्तीको अवसरमा यही बैशाख १६ गते लुम्बिनी नेपालमा निर्माण कार्य सुरु हुने भएको छ ।

उक्त भवन निर्माण कार्यको सुरुवात नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट हुने रिन्पोचेले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी दिए । यो परियोजना (प्रोजेक्ट) निर्माणको लागि अमेरिकामा अवस्थित् गैर–नाफामूलक धार्मिक संस्था ¥यांग्रिक येशे ईन्क र हंकङमा अवस्थित् भगीनी संस्था वेन्चेङ गोंगझु ईन्टरनेश्नल फाउण्डेशन र नेपालमा अवस्थित् भृकुटि हिमालयन फाउण्डेशनलेसहयोग गर्नेछन् ।

रिन्पोचेले उक्त महासिद्ध स्याँक्चुरीले गौतम बुद्धको जन्मस्थलको गरिमा बढ्ने तथा सम्मान हुने आफूले विश्वास लिएको बताए । उनले भने,‘यतिमात्रै होईन, यो प्रोजेक्ट निर्माणसँगै सबै धर्म, वर्ग, जाति र संस्कृतिका भक्तजनहरुको लागि प्रेरणादायी हुनेछ।’

शाक्यमुनि गौतम बुद्धको जन्म भएको ठाउँ लुम्बिनी विश्वकै पवित्र स्थल भएको उल्लेख गर्दै उनले भने,‘लुम्बिनी विश्वको एकमात्रै पवित्र स्थल हो, जसले विश्वमै शान्तिपूर्ण तवरमा मानवताको सेवा गरिरहेको छ, लुम्बिनी आस्था र विश्वासको एकमात्रै धरोहर हो।’ विश्वभरि नै गौतम बुद्धको सन्देश फैलाउनको लागि यो प्रोजेक्ट फलदायी र प्रेरणादीय हुने उनको विश्वास छ ।

लुम्बिनीजस्तो पवित्र धार्मिकस्थलमा यस्तो मन्दिर बनाउनु महत्वपूर्ण हुने बताउँदै रिन्पोचेले भने,‘लुम्बिनीमा मात्रै होईन, प्रत्येक नागरिकले आफ्नो हृदयमा सहनशिलता र शान्तिको मन्दिर बनाउनुपर्छ, यो आजको आवश्यकत्ता हो, मनमा शान्ति र सहनशिलताको मन्दिर बनाउनेहरु जहाँ गएपनि र जे गरेपनि उनीहरुले आफूसित साँच्चिकै स्यांक्चुरी रहेको पाउनेछन्।’

हिमालयन भृकुटी फाउण्डेशन नेपालले २५६२औँ बुद्धजयन्तीका सन्दर्भमा लुम्बिनीमा ‘महासिद्ध स्याँक्चुरी फर युनिभर्सल पिस’ निर्माण गर्ने भएको छ ।
यही वैशाख १६ गते भवनको पूर्वाधारका लागि निर्माण शुरु गरिने र तीन वर्षभित्र सम्पन्न गरिने योजना छ । विश्वमा लुम्बिनीलाई शान्तिको थलोका रुपमा विकास गरी पर्यटकलाई आकर्षण गर्ने उद्देश्य राखिएको उक्त केन्द्रमा फराकिलो सभा हल, ध्यान केन्द्र लगायतका संरचना निर्माण गरिनेछ ।

रिन्पोछेले विभिन्न जाति, रंग र धर्मका मानिसलाई आध्यात्मिक गन्तव्य र तीर्थस्थलका रुपमा विकास गरिने उक्त केन्द्रमा आधुनिक वास्तुकलाले सजाइएका बौद्ध धर्म, दर्शनको परम्परागत प्रतीकलाई राखिने जानकारी समेत दिए ।

बुद्धको जन्मभूमिका रुपमा रहेको लुम्बिनीमा उक्त केन्द्रको निर्माण भएपछि स्थानीयवासीको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सामुदायिक विकासका कार्यक्रम अगाडि बढाइने उनले बताए ।

केन्द्रभित्र बुद्धको जीवनीमा आधारित संग्रहालयसमेत निर्माण गरिने हुँदा बुद्धका अमूल्य मूर्ति, ग्रन्थ तथा सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिएका वस्तुको पनि संकलन गरिनेछ ।

उनले उक्त स्यांक्चुरी शान्तिको लागि विशेष महत्वपूर्ण आर्शिवाद हुने पनि जनाए । उनले थपे,‘मन्दिर पर्यटनको विकासको लागि पनि केन्द्रविन्दु हुनेछ, यसले नेपाजस्तो देशको लागि आर्थिक विकास र समृद्धिमापनि ठोस सहयोग पुग्नेछ।’

चाँडै निर्माण हुने उक्त मन्दिरमा आधुनिक तथा परम्परागत शैलीको डिजाईन हुने उनले जनाए । उनका अनुसार परम्परागत बुद्धिष्ट संकेतका रुपमा फक्रँदै गरेको कमलको फूल जसले (शुद्धता र ज्ञानको) ज्योति फैलाउने बाहिरी गुण राख्दछ, हो त्यसको प्रतिनिधित्व हुनेछ । त्यस्तै मन्दिरमा ‘बटर ल्याम्प’ अर्थात घिउबाट जलिरहने दियोले भगवान बुद्धले भन्नु भएको पाँचवटा बुद्धिमताको अर्थ दिन्छ ।

त्यसैगरि स्तुपा आकारको संरचानाले ज्ञानले सुसज्जित विचार प्रतिनिधित्व वा अर्थ दिन्छ । यहाँ देखिने मण्डलाले राम्रो कर्म कसरी हासिल गर्ने भन्ने अर्थ प्रदान गर्दछ । सबभन्दा माथिल्लो भागमा देखिने स्वर्ण रँगको चुच्चो संरचनाले भगवान बुद्धले अथ्र्याउनु भएको तेह«वटा भुमीहरुको वा ज्ञानका श्रृखंलाहरुको प्रतिनिधित्व गर्छ।

त्यस्तै स्यांक्चुरीमा पुस्ताकालय, शान्ति संंग्राहलय, ग्राण्ड हल, ध्यान तथा योगा हल र पिस ईन्स्टिच्यूछ समेत हुने रिन्पोछेले जानकारी दिए ।