वैशाख १३, काठमाण्डौ । नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले चुनावमा पार्टीले भोगेको पराजयको जिम्मेवारी नैतिकताका आधारमा सभापति शेरबहादुर देउवाले लिनुपर्ने भए पनि सबैको कमजोरी रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले केन्द्रिय समितिले सामुहिक रुपमा पराजयको जिम्मेवारी लिएर आगामी कार्यदिशा तय गर्नुपर्ने उपाध्यायको तर्क छ ।
अहिले नै निराश हुनुपर्ने अवस्था नरहेको भन्दै उनले आगामी दिनमा सम्भावनाको पाटोलाई केलाउँदै पार्टीलाई सुधार गर्नुपर्ने बताए ।
चुनावका बेला धरै विकल्प हुँदा हुँदै पनि ति विकल्पको प्रयोग नेतृत्वले गर्न नसकेकाले पराजय भोग्नुपरेको तर्क गर्दै अबका दिनमा आरोप प्रत्यारोप नगरी पार्टी सुधारका उपाय खोज्नुपर्ने उनको भनाई छ ।
चुनावका बेला नेतृत्वले रणनीतिक चातुर्यता देखाउन नसकेको कुरालाई मनन गर्नुपर्ने उनको तर्क छ ।
कांग्रेसभित्र अन्तरघातको विजारोपण रोपिएकाले त्यसले पार्टीलाई नोक्सान पुर्याएको उपाध्यायको ठहर छ ।
“कांग्रेसभित्र यति नकारात्मक सोचहरु अगाडि बढ्यो, जस्तो अन्तरघातको विजारोपण झाङ्गियो । अब सोच परिवर्तन गर्नुपर्छ । अब सबै नेताहरुले आत्मसमिक्षा गर्नुपर्छ । आत्मबोध नगरेसम्म सुधार सम्भव छैन ।” उनले भने ।
पार्टी सुधारका लागि प्रक्रियागत रुपमा अगाडि बढ्नुपर्ने भन्दै उनले अब छिटोभन्दा छिटो महासमिति बैठक बोलाउनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया