‘मोदीको नेपाल भ्रमणसँगै दुई देशबीचको सहमति कार्यान्वयनमा आउँछ’


पाल्पा, १३ बैशाख। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दुबै देशबीच भएका सहमति व्यवहारिक रुपमा कार्यान्वयन गराउने दिशामा काम हुने स्पष्ट पारेका छन् ।

मन्त्री ज्ञवालीले कृषि साझेदारी र रेल सम्भाव्यता अध्ययनका विषयमा सम्झौता गर्ने तयारी भइरहेको जानकारी पनि दिए ।

पाल्पामा एमाले पाल्पाले आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले अन्तर्रा्ष्ट्रिय श्रमिक दिवश वा बैशाख २२ गते माक्र्सको जन्मदिनको दिन पारेर एमाले र माओवादी पार्टीबीच एकता घोषणा गर्ने गरी तयारी भएको पनि बताए ।

मन्त्री ज्ञवालीले पार्टी एकता हुनेमा कुनै शंका नगर्न समेत कार्यकर्तालाई आग्रह गरे ।