Logo

नेवि संघको चेतावनीपछि टेलिकमको आँखा खुल्यो, गल्ती सच्याउन समिति गठन



वैशाख १४, काठमाण्डौ । अनाधिकृत रुपमा विद्यार्थी सहुलियतको सिमकार्ड वितरण गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएपछि नेपाल टेलिकमले आफ्नो योजनामा परिमार्जन गर्ने भएको छ ।

नेपाल टेलिकमलाई राजनीतिकरण नगर्न नेविसंघको २४ घण्टे अल्टिमेटमपछि टेलिकमले यस्तो निर्णय लिएको हो ।

बुधबार नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वको टोलीले अखिल क्रान्तिकारीले माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डको फोटो राखेर सिमकार्ड वितरण गरेको भन्दै टेलिकमको ध्यानाकर्षण गराएको थियो ।

ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुुझ्दै नेपाल टेलिकमकी महाप्रवनधक कामिनीराज राजभण्डारीले तत्काल यथार्थ बुुझेर निर्णय पुुनराबलोकन गर्ने बताएकी थिइन् ।

नेविसंघको २४ घण्टे अल्टिमेटम नबित्दै टेलिकमले छानविन समिति गठन गर्दै संघका प्रतिनिधिसँग वार्ता गरेको थियो ।

विहिबार वार्ता पश्चात टेलिकमका प्रमुख व्यवस्थापन अधिकृत प्रदीपराज उपाध्यायले नेविसंघ केन्द्रिय समितिको नाममा पत्राचार गर्दै सहुुलियतको सिमकार्ड वितरणमा भएको राजनीतिकरण प्रति ध्यानाकर्षण भएको र उक्त काम रोकिएको जनाएको गराउदै छानबिन समिती आज गठन गरेको र समितिको प्रतिबेदनको आदारमा तीन दीन भित्र दोषी जो कोहिलाइ पनि कारबाही गर्ने सहमति भएको छ ।

वार्ता समितिमा नेविसंघको तर्फबाट महामन्त्री कुन्दन राज काफ्ले, केन्द्रीय सदस्य सुशील भट्ट, विद्यार्थी नेताहरू भागवत रेग्मी, निरन्जन थापा, सिजर भट्ट, हरी आचार्य, सुुमन पाण्डे लगायत थिए ।

बिहीबार वार्ता पश्चात टेलिकमका प्रमुख व्यवस्थापन अधिकृत प्रदीपराज उपाध्यायले नेविसंघ केन्द्रिय समितिको नाममा पत्राचार गर्दै सहुुलियतको सिमकार्ड वितरणमा भएको राजनीतिकरण प्रति ध्यानाकर्षण भएको र उक्त काम रोकिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्