वैशाख १४, काठमाण्डौ । नेकपा एमालेका नेता सुवास नेम्वाङले भारत र चिन नेपालको लागि महान छिमेकी भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेम्वाङले दुवै देशसँग नेपालले राम्रो सम्बन्ध राख्न चाहेको भन्दै विगतको तिक्तता हट्दै गएको दाबी गरे ।
“विगतमा केही समयह भारतसँगको सम्बन्धमा प्रश्नहरु उठे । त्यसलाई धेरै मिहिनेतका साथ ओली सरकारले सहज बनाउँदै लगोको छ । ओलीको भारत भ्रमणले पनि दुई देशबिचको सम्बन्ध धेरै सहज भएको छ ।” उनले भने ।
यही महिना हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले सम्बन्ध अझै सहज बन्ने विश्वास उनले व्यक्त गरे । “नरेन्द्र मोदी नेपाल आउँदैहुनुहुन्छ । उहाँको भ्रमणले सम्बन्धलाई अझै प्रष्टता पार्नेछ ।”




प्रतिक्रिया