वैशाख १४, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले अब संसद बैठक बस्नुअघि संसदीय दलको नेता चयन गरिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले संसदको वर्षे अधिवेशन सुरु हुनुअघि नै नेता चयन गरिने दाबी गरेका हुन् ।
वैशाख २३ गते संसदको अधिवेशन सुरु हुँदैछ ।
नेता यादवले अहिलेका संविधानमा खोट र विभेदकारी भएकाले आफूहरु संविधान संशोधनको पक्षमा रहेको बताए । संविधानले मधेशी जनतालाई अधिकार नदिएको मात्रै समस्या नभएर स्थानीय निकायलाई पनि पर्याप्त अधिकार नभएकाले आफूहरु असन्तुष्ट भएको उनको तर्क थियो ।
आफूहरुले औँल्याएका समस्या सरकारले समाधान गरेन भने संघर्षमा जाने चेतावनी यादवले दिए ।
सरकारले उचित वातावरण नबनाएसम्म आफ्नो दल सरकारमा सहभागि नहुने उनले स्पष्ट पारे ।




प्रतिक्रिया