काठमाडौं, १४ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया विलम्ब भैरहेको बेला दुई नेताहरुबीचको भेटलाई महत्वका साथ हेरिएको छ । प्रचण्डले यसअघि नै दुई पार्टीबीचको एकताको लागि आज मिति तोकिने बताएका थिए ।
प्रचण्डका स्वकिय सचिव जोगबहादुर महराले दिएको जानकारी अनुसार एकताको मिति नै आज तोक्नेगरि ओली–प्रचण्डबीच छलफल सुरु भएको छ ।




प्रतिक्रिया