काठमाडौं, १५ बैशाख । अर्थविद् डा. डिल्लीराज खनालले सरकारले अब ल्याउने नीति तथा कार्यक्रम रुपान्तरण शैलीमा ल्याउनुपर्ने सुझाव दिए । उनले भने,‘अब चल्तेचलातेबाट हुँदैन, रुपान्तरणसहित नीति तथा कार्यक्रम ल्याउनुपर्छ, सरकारको त्यतातिर ध्यान जाओस्।’
देशको शासन प्रणालीमा रुपान्तरण हुनुपर्ने उनको तर्क छ । उनले थपे,‘सुशासनमा आमुल रुपान्तरण हुनुपर्छ, सुशासनमा ब्रेक–थु, सर्टेन सिफ्ट गर्नुपर्छ।’
आर्थिक संरचना अनुसार कृषिलाई आधुनिकिकरण, पूर्वाधारमा गुणस्तरीयता कायम गर्नु र सबै क्षेत्रमा रहेका असन्तुलन हटाउनुपर्नेमा उनको जोड थियो ।
अहिलेको अर्थ नीतिले काम नलाग्ने उनको दाबी थियो । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिलेको अर्थ नीीतले काम लाग्दैन्, यसको लागि रुपान्तरण जरुरी छ।’ नेपालको वित्त नीतिलाईपनि ठोस रुपमा सच्याउनुपर्ने उनको सुझाव छ । नेपालको सेक्टोरल पोलिसीमापनि रुपान्तरण चाहिएको खनालले स्पष्ट पारे ।
वित्त आयोग गठन भएको भए धेरै राम्रो हुनेथियो भन्ने उनको तर्क छ । ‘अहिले समय आएको छ, हामीले आफ्नो योजनाहरु बनाउनुपर्छ, लक्षित कार्यक्रमहरु तत्कालिन, अल्पकालिन र दिर्घकालिन गर्दै अघि बढाउनुपर्छ।’–खनालले भने।
खनालले सरकारले अब कार्यान्वयनको पक्षमापनि विशेष ध्यान दिनुपर्ने सुझाए । उनले भने,‘जसरी भएपनि बजेट सकाउनेगरि होईन, अब कार्यान्वयन पक्षमा ध्यान दिनुपर्छ, विदेशी लगानी भित्र्याउनुपर्छ, भारत र चीनबीच सुमधुर सम्बन्ध भयो भने नेपाललाई लाभ नै हुनेछ।’




प्रतिक्रिया