भोलीको कार्यक्रम आजै, लामो दुरीका बस बन्द


२० वैशाख, काठमाडौं । सरकारले एकतर्फी रुपमा निर्देशिका ल्याएर आफूहरुको व्यवसाय नै संकटमा पार्न खोजेको गुनासो गरिरहेका यातायात व्यवसायीले बिहीबार मध्यान्हबाट लामो दूरीका लागि छुट्ने बस बन्द गराएका छन् ।

यातायात क्षेत्रमा भइरहेको सिन्डिकेट अथर्डात एकाधिकार तोड्न भन्दै सरकारले ल्याएको निर्देशिकाको सर्वसाधारण स्वागत गरे पनि व्यवसायीले भने विरोध गरेका छन् ।

जसका कारण व्यवसायीलाई सिन्डिकेट लाद्न खोजेको आरोप लागिरहेको छ ।

यसैबिच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलनअनुरुप लामो दूरीका बस रोकेको हो ।

महासंघले भोलि सांकेतिक रुपमा देशभर सबै सार्वजनिक यातायात सेवा ठप्प पार्ने कार्यक्रम घोषणा गरेको छ ।

महासंघका एक अनुसार मध्यान्हभन्दा पछि छुट्ने सवारी भोलि सडकमै भेटिने भएकाले आजैबाट गाडी रोकिएको हो ।

आज ढिला छुट्ने बस राति नै गन्तब्यमा नपुग्ने हुँदा भोलिको बन्द प्रभावकारी नहुने भन्दै आजै मध्यान्हपछि समितिहरुका बस नचलाउने निर्णय भएको हो ।