काठमाडौं, २० बैशाख । महानगरिय प्रहरी परिसर काठमाडौं, टुकुले २५ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । अवैध घरेलु मदिरा सेवन अपराधको कारण भएकोले घरेलु मदिरा नियन्त्रण गर्नका लागि लागु गरिएको विशेष अभियान अन्तर्गत काठमाडौ जिल्लाका विभिन्न स्थानहरुबाट महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहतका वृत्त प्रभागहरुबाट बरामद गरि नष्ट गरको हो ।

वरामद भएको घरेलु मदिराको विवरण
घरेलु मदिरा अन्दाजी २५ हजार लिटर वरावर
कच्चा पदार्थ ४ हजार किलो ग्राम वरावर
वरामद मदिराको वजार मुल्य करिव ३० लाख ।
काठमाडौ जिल्लामा घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण हुने मुख्य स्थानहरु:-
वौद्द, कपन, वसपार्क, कालीमाटी, स्वयम्भु, कोटेश्वर, वालाजु, टोखा लगायतका विभिन्न स्थानहरु
घरेलु मदिरा उत्पादनमा मिसावट गरिने अखाध वस्तुहरुस्
कुहिएको खाधान्न लगायतकाअखाद्य वस्तुहरु ।
घरेलु मदिरा सेवनवाट हुने मुख्य अपराधहरु:-
कर्तव्य ज्यान, ज्यान मार्ने उधोग, बलात्कार, यौनजन्य हिंसा, घरेलु हिंसा, कुटपिट, गुण्डागर्दी आदी ।

तस्बिर मुकुन्द कालिकोटे




प्रतिक्रिया