हामी नेपालीहरु मोदीको आगमनको प्रतिक्षामा छौँ : नेपाल

0
Shares

वैशाख २३, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २८ गते जनकपुर आउने कार्यक्रम तय भएसँगै जनकपुरमा मोदीको स्वागतका लागि तयारी तिब्र पारिएको छ ।

मोदीको भ्रमणले नेपालको समृद्धि र विकासमा टेवा पुग्ने अपेक्षा धेरैले गरेका छन् । त्यसैले पनि मोदीलाई सम्मानका साथ स्वागत गर्नका लागि प्रदेश नम्बर दूईको सरकार तयार भएर बसेको छ ।

जनकपुरपछि मुक्तिनाथसमेत जाने कार्यतालिका बनाएका मोदीले काठमाण्डौ आएर प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

मोदीको भ्रमणलाई लिएर राजीतिक दल र नेताहरु उत्साहित देखिएका छन् । एमालेका नेता माधवकुमार नेपालले मोदीको भ्रमणलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । दुई छिमेकी मुलुकका प्रधानमन्त्रीहरु एकअर्काको देशमा भ्रमण गर्नु स्वभाविक र सकारात्मक भएको नेपालको तर्क छ ।

“हामी नेपालीहरु मोदीको आगमनको प्रतिक्षामा छौँ ।” नेपालले भने । मोदीको भ्रमण सफल र उपलब्धिमुलक हुने विश्वास नेपालले लिएका छन् । नेपाली संस्कारअनुसार पाहुनालाई सम्मानका साथ स्वागत गर्ने र चाहेको ठाउँमा भ्रमण गराउनु सकारात्मक भएको उनको तर्क छ ।