विद्यार्थी आन्दोलनको दोस्रो अध्याय सुरु भयो : अध्यक्ष अर्याल
काठमाडौं, २३ बैशाख । अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकालले निजी विद्यालयले बृद्धि गरेको शुल्क फिर्ता नगरे ८ हजार निजि विद्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा सात वटा विद्यार्थी संगठन अखिल क्रान्तिकारी, राजपा विद्यार्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्ववियु (पाँचौं), समाजवादी विद्यार्थी फोरम नेपाल र राष्ट्रवादी विद्यार्थी संघ लगायत संयुक्त विद्यार्थी संगठनले पत्रकार सम्मेलन गरेर शिक्षा विभाग र सत्ता पक्ष विद्यार्थी संगठनबीच भएको सम्झौताको बिरोध जनाएको छ ।
अखिल (क्रान्तिकारी) का अध्यक्ष ढकालले भने,‘केही सत्तापक्ष विद्यार्थी संगठन र शिक्षा विभागबीच भएको सहमति हामीलाई मान्य छैन्, निजी स्कूलका सञ्चालकहरुले बृद्धि गरेको मूल्य फिर्ता लिने बताएका छैनन्, शिक्षा विभाग र सत्ता पक्ष विद्यार्थी संगठनहरुले हतारमा सहमति गरेर विद्यार्थी आन्दोलन तुहाउन खोजिएको छ, विद्यार्थी ओन्दोलन प्रतिपक्ष हुनुपर्छ, सक्तापक्ष भएर शिक्षा र विद्यार्थीहरुका हितका बारेमा काम गर्न सकिँदैन, यो नालायक सरकारले जनतालाई झुक्याईरहेको छ, शिक्षामा देखिएका विकृतिहरुलाई अन्त्य गर्नको लागि हामी मैदानमा छौं ।’
उनले अघि थपे,‘हामीले बैशाख २४ गते चेतावनी पत्र बुझाउने, २५ गते माईतीघर मण्डलामा प्रदर्शन गर्ने, २६ गते संयुक्त अन्तरक्रिया गर्ने, २७ गते शैक्षिक हड्ताल गर्ने कार्यक्रमहरु सार्वजनिक गरेका छौं, सरकारले हल्लाका रुपमा लिएको खण्डमा राणा र पञ्चहरुको बिरुद्धमा उर्लेको आन्दोलनजस्तै ओली सरकारको बिरुद्धमा सडकमा हामी ओर्लिने छौं ।’
त्यस्तै कार्यक्रममा राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्यालले विद्यार्थी आन्दोलनको दोस्रो अध्याय शूरु भएको बताएका छन् ।
उनले भने,‘नेपालको विद्यार्थी आन्दोलनले धेरै उथलपुथल गरेको ईतिहास साछि छ तर पछिल्लो समय सत्ताको वरिपरि बसेर खानेहरुको हातमा नेपालको विद्यार्थी आन्दोलन परेको हुनाले असली विद्यार्थी आन्दोलनका मुद्दाहरु ओझेलमा पर्ने गरेका छन् तत्काल सरकारले निजी स्कुलमाथिको नियमन गरोस्, सार्वजनिक शिक्षाको स्तरोन्नतीको बारेमा गम्भिर बनोस्, सत्तामा रहेका मानिसहरुको जुठो खाएर विद्यार्थी राजनीतिक गर्नेहरुले विद्यार्थीहरुका हकहितमा काम गर्न सक्दैनन्, यो अर्को सत्य हो।’
पत्रकार सम्मेलनमा राजपा विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र, नयाँ विद्यार्थी संगठनका अध्यक्ष श्यामबाबु गौतम, अनेरास्ववियु पाँचौंका अध्यक्ष धनश्याम मिश्र, समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राई र अखिल क्रान्तिकारीका उपाध्यक्ष विष्णु नेम्वाङ लगायत नेताहरुले आफ्ना कुराहरु राखेका थिए ।




प्रतिक्रिया