वैशाख २५, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा संघीय संसदमा सम्बोधन गर्ने विषय टुङ्गो नलागेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै गुरुङले अहिलेसम्म मोदीले सम्बोधन गर्ने विषयमा कुनै जानकारी नभएको बताए ।
दुई पक्षबीचको सहमतिका आधारमा सम्बोधनको कार्यक्रम राख्न सकिने उनले बताए ।
“सम्बोधन गर्नुपर्ने भयो भने दुईपक्षबीचको सहमतिमा तय गर्ने कुरा हो । त्यस्तो कार्यक्रम राखिएको अहिलेसम्म जानकारी छैन ।” गुरुङले भने ।




प्रतिक्रिया